site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सार्वजनिक संस्थानलाई होल्डिङ कम्पनीमार्फत सञ्चालन गरिने

काठमाडौं । सरकारले सार्वजनिक संस्थानलाई होल्डिङ कम्पनीमार्फत संचालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । 

उनले यसका लागि निजी क्षेत्रको भूमिका बढाउने रणनीति सार्वजनिक  गरेका छन् । “सार्वजनिक संस्थानलाई एकीकृत रूपमा होल्डिङ कम्पनीमार्फत सञ्चालन गर्न कानुनी व्यवस्था मिलाइनेछ,” अर्थमन्त्री पुनले भने, “सार्वजनिक संस्थानको जग्गा र चारकिल्ला एकीन गरी सम्पत्ति संरक्षण गरिनेछ ।”

Dabur Nepal
NIC Asia

उनले सार्वजनिक संस्थानलाई सम्भाव्यताका आधारमा पब्लिक लिमिटेडमा रुपान्तरण गरिने र रोजगारी र उत्पादनमा योगदान गर्ने आधारमा बन्द उद्योग सञ्चालन गरिने बताए । 

“सार्वजनिक संस्थानलाई सम्भाव्यताका आधारमा पब्लिक लिमिटेडमा रुपान्तरण गरिनेछ । उत्पादन र रोजगारीलाई योगदान गर्नसक्ने रुग्ण उद्योग निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालनमा ल्याइनेछ,” अर्थमन्त्री पुनले भने, “निजी क्षेत्रका रुग्ण उद्योग सञ्चालन गर्न सहजीकरण गरिनेछ ।” 

उनले बन्द अवस्थामा रहेका विराटनगर जुटमिल, हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योगलगायतका उद्योग सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा ल्याइने पनि घोषण गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro