site stats
बाह्रखरी :: Baahrakhari
खेल
खेल पूर्वाधारमा एक अर्ब ३० करोड विनियोजन
फाइल तस्बिर ।

काठमाडौं । सरकारले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत खेल पूर्वाधारमा एक अर्ब ३० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–८२ मा खेल पूर्वाधारमा एक अर्ब ३० करोड छुट्याइएको बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारले आगामी आर्थिक वर्षमा मूलपानी क्रिकेट मैदान र गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नति र फाप्ला क्रिकेट रंगशाला निमार्णलाई तीव्रता दिइने बताएको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्