site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा
प्रतीकात्मक तस्बिर

नवलपरासी । सोमबार साँझदेखि परेको वर्षाका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।  विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल खण्डको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ थुम्सीमा नवनिर्मित पुलको पहुँचमार्ग भासिँदा साेमबार राति २ बजेदेखि सो सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक मंगलबार दिउँसो १२ः१५ बजेदेखि एकतर्फी सञ्चालमा आएको प्रहरीले जनाएको छ । पुलको पहुँचमार्ग भासिएपछि पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन गैँडाकोटर्फ र पश्चिमबाट पूर्वतर्फ जाने सवारीसाधन भेडाबारीतर्फ रोकिएका थिए । 

नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार एउटा एक्साभेटर र एउटा लोडरको सहायताले सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो । उनले भने, “भासिएको पहुँचमार्गमा ट्रकको पछाडिको पट्टा भाँचिएकाले तत्काल सडक दुईतर्फी सञ्चालनमा ल्याउन समस्या देखिएको छ । यद्यपि सडक दुईतर्फी सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक एकतर्फी खुले पनि यातायातको चाप घट्न समय लाग्ने बताए । दुवैतर्फ गरेर २० किलोमिटरभन्दा लामो सवारीसाधनको लाइन रहेको उल्लेख गर्दै प्राथमिकताका आधारमा सवारीसाधन पठाइने उनले बताए । अत्यावश्यक सवारीसाधन, साना सवारीसाधन, यात्रुबाहक सवारीसाधन पठाएर मात्रै ट्रक, टिप्पर पठाउने गरी एकतर्फी सडक सञ्चालन गरिएको उनको भनाइ छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro