site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेलाई विश्वप्रकाशको जवाफ– ओलीलाई सोधेर प्रतिवाद गर्नुपर्ने ? यो उत्तर कोरिया होइन
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानले वाद प्रतिवादको अधिकार दिएको बताएका छन् । 

सोमबार बिहान एमाले उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले केपी ओलीमाथि मिथ्याको आरोप लगाएको भन्दै प्रतिकारको चेतावनी दिएका थिए । उनले सार्वजनिक रूपमा लिखित माफी माग्नुपर्ने बताएका थिए । नभए कांग्रेससँगको राजनीतिक सम्बन्ध सिध्याएर लडाईं लड्ने चेतावनी उनको थियो । 

बूढानीकलण्ठमा पार्टी बैठकबाट बाहिरिने क्रममा महामन्त्री शर्माले सञ्चारकर्मीसँग कुरा गर्दै संविधानले दिएको अधिकार प्रयोग गरेको बताए । 

उनले ‘विष्णु पौडेलले भनेको उता बुटवलतिरको पार्टीको केन्द्रीय उपसभापति.. उहाँ एक जिममेवार राजनीतिज्ञ हुनुहुन्छ र उहाँले त्यसो भन्नुभयो भन्ने लाग्दैन’ भन्दै घुमाउरो जवाफ दिए । गिरीबन्धु जग्गा प्रकरणमा अदालतको पूर्णपाठ आउँदा कांग्रेसले प्रतिक्रिया नदिएको तर उग्ररूप धारणा गर्दै ओलीले प्रतिक्रिया दिएको भनाइ उनको थियो । 

“उहाँले कांग्रेस पार्टीले ५१ बिघा बेचेर खायो भन्नुभयो । सँगै बसेर संविधान बनाएको हो नि । उहाँले आरोप लगाउन छुट दिने प्रतिवाद गर्न कांग्रेसले उहाँलाई सोध्नुपर्दैन,” उनले भने । 

गिरीबन्धु प्रकरणमा ५२, ६० र ७८ सालको सरकारमा कांग्रेस नभएको भन्दै महामन्त्री शर्माले थपे, “कांग्रेसको तर्फबाट महामन्त्री विश्वप्रकाशले बोल्यो होला सहकारी बन्धु गठबन्धन भनेर । उहाँले बोल्दा कांग्रेसले गिरीबन्धुको जग्गा बेचेर कमिसन खायो भन्नुभयो  । त्यो भनेपछि हामीले तथ्य राख्नुपर्‍यो नि ।”
 
ओलीले रुद्ररुप धारणा गर्ने हो भने आफूहरूले मौनरूप धारण गर्नुपर्ने आवश्यक्ता नभएको भनाइ उनको थियो । “लिखित क्षमायाचना भन्नुभयो रे । मैले हेर्न पाएको छैन । तर, भनेको हो भने संविधान सँगै बसेर लेखेको हो । उहाँले गलत आरोप लगाउन छुट छ भने सही प्रतिवाद गर्ने छुट कांग्रेसलाई छ । यो उत्तर कोरिया हैन, यो नेपाल हो, दिस इज नेपाल ।”
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro