site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुलाउन समय लाग्ने
गोरखामा आइतबार (हिजो) खसेको सुक्खा पहिरोको दृश्य । तस्बिर : रासस ।

बागलुङ । सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६, बरलवाको भीरमा गए राति पहिरो खसेको हो ।

पहिरोले बागलुङ–गुल्मी खण्डअन्तर्गत मालढुंगा–अर्बेनी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । गएको फागुन ११ र २६ गते पनि सोही ठाउँमा पहिरो खसेको थियो । सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो ।

बागलुङको मालढुंगादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका निम्ति स्तरोन्नतिको काम भइरहेको छ । आइतबार राति एक्कासि पहाड खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इन्जिनियर छकबहादुर गुरुङले बताए ।

“पहिरो खसेको ठाउँ निकै कमजोर छ । त्यहाँ पटक–पटक पहिरो खसेर काममा बाधा पारिरहेको छ,” आयोजनाका इन्जिनियर अरुण खत्रीले भने, “पहाड सिँगै खसेकाले योपटक पनि सडक खुल्न समय लाग्छ ।”

पहिरो खुलाउन आयोजना र निर्माण कम्पनीले सोमबार बिहानैदेखि काम थालेका छन् । सडक अवरुद्ध भएकाले करिडोर हुँदै लामो तथा छोटो दूरीका सवारीसाधन आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजार र दक्षिण जैमिनी तथा बरेङ गाउँपालिकाबाट बुटवललगायत ठाउँमा चल्ने सवारीसाधन रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो खस्ने गरेको छ । रासस

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro