site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसलाई एमालेको चेतावनी– अध्यक्ष ओलीमाथि लगाइएको आरोपमा माफी नमागे प्रतिवादमा उत्रन्छौँ
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्नो अध्यक्षविरुद्ध निरन्तर टार्गेट गरेर प्रतिशोध साँधेको भन्दै सत्तारूढ दल नेकपा (एमाले) आक्रोशित भएको छ । बालुवाटारमा भएको शीर्ष नेताको बैठकबाट बाहिरिने क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले पछिल्ला दिनमा एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई टार्गेट गरेर आरोप लगाएको बताए ।

उनले नेकपा एमाले र पार्टी अध्यक्ष ओलीविरुद्ध कांग्रेसले प्रायोजित पूर्वाग्राही तथ्यहीन गलत भ्रामक र आधारहीन लान्छाना लगाएको भन्दै आक्रोश पोखे । “यसप्रकारको आधारहीन आरोपबाट पछि हट्न अनुरोध गर्न चहान्छु । यसबाट पछि हटेन भने यसविरुद्ध राजनीतिक प्रतिवादमा हामी उत्रन्छौँ,” उनले भने । 

कांग्रेस सहमतिमा पुग्नुभन्दा पनि परिस्थिति बिथोल्न लागि परेको आरोप उनको थियो । साथै उनले आफ्ना अध्यक्ष ओलीमाथि लगाएको आरोपमा लिखित र सार्वजनिक रूपमा माफी माग्न कांग्रेसलाई अनुरोध गरे । कांग्रेसले यसो नगरे सबै राजनीतिकसँग सम्बन्ध तोडिन सक्ने चेतावनी उनको थियो । 

“लिखित रूपमा क्षमायाचना गर्नुपर्छ, सार्वजनिक माफी माग्नुपर्छ । अन्यथा कांग्रेससँग ठिक ढंगबाट सम्बन्ध अघि बढ्दैन । बुझोस् यस प्रकारको अराजनीतिक आरोपलाई सुनेर एमाले बस्दैन,” उनले भने । 

नेपाली कांग्रेसले नेकपा एमाले अध्यक्ष ओलीको इसारामा अहिलेको सबै खेल भइरहेको भन्ने सार्वजनिक टिप्पणी गर्दै आएको छ । कांग्रेसबाट बोल्ने अधिंकास नेताहरूले ओलीकै डिजाइनमा यो सबै भइरहेको आरोप लगाउने गरेका छन् । साथै, संसद् पनि ओलीको डिजाइनमा सभामुखले पेलेर चलाइरहेको कांग्रेसको आरोप छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro