देश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले आइतबार (हिजो) गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।
जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसार, गिरी बलात्कारको मुद्दामा दोषी ठहर भएको र सजाय निर्धारणका निम्ति यही जेठ २८ गते पेसी तोक्न आदेश भएको छ ।
कपिलवस्तु जिल्ला अदालतमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा प्रहरीमा जाहेरी परेपछि गिरीलाई निलम्बन गरी थुनामा राखिएको छ । रासस
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१ ११:१८
प्रतिक्रिया दिनुहोस्