site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१४ दूरसञ्चार कम्पनीको दुई अर्ब ७३ करोड बेरुजु

काठमाडौं । महालेखापरीक्षकको कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनले १४ दूरसञ्चार कम्पनीको दुई अर्ब ७३ करोड रुपैयाँ बेरुजु देखाएको छ ।

दूरसञ्चार सेवाप्रदायक संस्थाले पेस गरेको आय वर्ष २०७८/७९ को आय विवरणानुसारको यो रकम असुल गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

विभिन्न कम्पनीको रोयल्टी (जरिवाना समेत) सात करोड ७० लाख १८ हजार र ग्राहकसँग असुल गरेको मर्मत तथा सपोर्ट र अरू चार्ज आम्दानीको रोयल्टी ३२ करोड १६ लाख ५४ हजार रुपैयाँ सरकारले असुल गर्न बाँकी छ ।

यस्तै, तीन सेवाप्रदायकले मन्त्रिपरिषद्को किस्ता सुविधाको निर्णयानुसार बुझाउनुपर्ने चौथो किस्ताको फ्रिक्वेन्सी दस्तुर ९९ करोड ३१ लाख १९ हजार, ६ सेवाप्रदायकले बुझाउनुपर्ने फ्रिक्वेन्सी तथा भिस्याट दस्तुर एक अर्ब २९ करोड ६७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

दुई प्रसारण संस्थाले २०७८/७९ को वित्तीय प्रतिवेदनानुसारको प्रसारण आम्दानीमा प्रसारण शुल्क जरिवाना समेत एक करोड नौ लाख ९४ हजार र १३ दूरसञ्चार सेवाप्रदायकको २०७८/७९ को वार्षिक आयमा ग्रामीण दूरसञ्चार दस्तुर जरिवाना समेत तीन करोड ८५ लाख आठ हजार तिर्न बाँकी छ ।

यसरी कुल दुई अर्ब ७३ करोड ८० लाख ४२ हजार रुपैयाँ असुल भएको नदेखिएकाले उक्त रकम असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro