site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा ज्ञानेन्द्र शाहीले भने– नयाँ शक्तिले पनि नाक देखाउन ठाउँ रहेन
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही(ज्ञानेन्द्र)ले गृहमन्त्री रवि लामिछानेलाई छानबिन समिति बनाउन डराएको हो भनि प्रश्न गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले गृहमन्त्री लामिछानेले प्रतिपक्षमा हुँदा उठाएको प्रश्न फिर्ता गरेको बताए ।  “मुटु छ कि छैन ? डराएको हो ? खुट्टा कमाएको हो ?,” उनले प्रश्न गरे। 

उनले सदनमा सत्तापक्ष र प्रतिपक्षमा रहँदा फरक कुरा गर्न नहुने बताए । शाहीले संसद् संसद्जस्तो नभएको बताए ।  “संसद् संसद्जस्तो भएको छैन । दायाँ बस्दा एउटा हुँदो रहेछ । बाँयातिर बस्दा अर्को हुनेरहेछ,” उनले भने । उनले गृहमन्त्रीलाई छानबिन समिति बनाउन दिन आग्रह गरे ।

प्रमुख सचेतक शाहीले आफूहरूलाई जनताले पुराना दलले गरेनन् भनेर मत दिएको बताए । अहिले नयाँ शक्तिले नाक देखाउने ठाउँ नरहेको उनको भनाइ छ ।  

“नयाँ शक्तिले पनि नाक देखाउन ठाउँ रहेन । के फरक भयो ? इतिहास हेरौं त । के थियो हाम्रो पार्टी संगठन ? कुन ठाउँमा थियौँ ? जनताले यी पुराना दलले गर्न सकेनन् । विकल्पको रूपमा जानपर्छ भनेका हुन् । तर, अहिले संसद् बाधक बनेको छ,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro