site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले पाल्पाको अध्यक्षमा घर्तीमगर

रामपुर (पाल्पा) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १०औँ जिल्ला अधिवेशनले घर्तीमगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

शनिबार सम्पन्न अधिवेशनले घर्तीमगरको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । नवगठित कमिटीको उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज), उपसचिवमा दीपक विश्वकर्मा र महिला उपसचिवमा मीना जीसीलाई चयन गरिएको छ ।

जिल्ला कमिटी सदस्यमा दलिततर्फ र जनजातिमा आठ–आठ, ४० वर्षभन्दा कम उमेरका युवा १६, महिला खुला चार, मजदुर, अल्पसङ्ख्यक, अपांग, मुस्लिम गरी एक–एकजना चयन भएका नेकपा एमाले पाल्पाले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ११:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro