site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हेटौँडा–ढल्केबर–इनरुवा प्रसारणलाइन अन्तिम चरणमा

काठमाडौं । हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारणलाइन निर्माण अन्तिम चरणमा पुगेको छ । माथिल्लो तामाकोसी जलविद्युत्सहित अरू आयोजनाबाट उत्पादित बिजुली देशको पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केबर–इनरुवा प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले बताए ।

“पूर्वी खण्डको काम सम्पन्न हुने चरणमा छ । ढल्केबर पश्चिम खण्डमा भने विभिन्न स्थानमा अझै पनि अवरोध छ । अवरोध हटाएर आयोजना सम्पन्न गर्न हामी लागिपरेका छौँ,” उनले भने ।

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका निम्ति निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारणलाइन आयोजना सुरु गरिए पनि स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगलगायत समस्याका कारण रुग्ण बन्दै आएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वी खण्डको काम सम्पन्न भएपछि माथिल्लो तामाकोसीलगायत आयोजनाको बिजुली पूर्वी भागका औद्योगिक क्षेत्रमा मागानुसार आपूर्ति गर्न सहज हुनेछ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसनसम्मको प्रसारणलाइनको लम्बाइ २८८ किलोमिटर हुनेछ । पूर्वी खण्डको काम प्रायः पूरा भएकाले उद्घाटनको तयारी गरिएको र त्यसनिम्ति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई अनुरोध गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रसारणलाइनलाई हेटौँडा–ढल्केबर १३४ र ढल्केबर–इनरुवा १५४ किलोमिटर गरी दुई खण्डमा विभाजन गरी विगत ११ वर्षदेखि काम जारी  छ ।

Global Ime bank

पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने प्रसारणलाइनका निम्ति ७९२ टावर निर्माण गर्नुपर्छ । धेरैजसो टावरको काम भए पनि स्थानीयवासीले प्रसारणलाइनको मार्ग स्थानान्तरण गरिदिन माग गर्दै अवरोध गरेका कारण बाँकी ३५ वटाको काम रोकिएको छ ।

मोरङ–सुनसारी औद्योगिक करिडोरलगायत समग्र पूर्वी नेपालको माग धान्नका निम्ति भारतबाट थप विद्युत् आयात तथा वर्षायाममा देशभित्र खपत गरी बचत भएको बिजुली निर्यात गर्न यो प्रसारणलाइन जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महत्त्वको हेटौँडा–ढल्केबर–इनरुवा प्रसारणलाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगरे ठूलो विपत् आउन सक्ने बताए । कुल ४००÷२२० केभी क्षमताका तीन सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।

हेटौँडा उपमहानगरपालिकाका वडाहरू १५, १६ र १७ स्थिति हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब ६ वर्षदेखि निर्माणमा अवरोध छ । हटिया क्षेत्रमा १४, हेटौँडा–११ स्थित थानाभर्‍याङमा दुई र जियाजोर क्षेत्रमा आठ टावर निर्माणमा अवरोध छ । थानाभर्‍याङमा रहेको सबस्टेसनमा लाइन जडानका निम्ति दुई टावर निर्माण गर्नुपर्नेछ । यसबाट ऐलानी जग्गामा निर्मित ४६ भन्दा बढी घर प्रभावित हुनेछन् ।

स्थानीयको अवरोध अन्त्य गर्न प्राधिकरणको निरन्तर प्रयास जारी छ । यद्यपि, यसमा सफलता प्राप्त भएको छैन । प्रसारणलाइन मकवानपुरबाट बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, उदयपुर, सप्तरी हुँदै सुनसरीको इनरुवासम्म निर्माण गरिनेछ । प्रसारणलाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायत कारणले निर्माण प्रभावित भएको छ । कुल ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी ०६९ साल माघमा ठेक्का सम्झौता भएको थियो ।

यसको मार्गाधिकार क्षेत्र प्रसारणलाइनको केन्द्रविन्दुबाट दायाँबायाँ २३ मिटर हुनेछ । आयोजनाले ५१८ हेक्टर वन क्षेत्रमा रहेका रुखहरू काट्नुपर्ने र ३० हेक्टर निजी कृषियोग्य जमिम अधिग्रहण गर्नुपर्नेछ । मार्गाधिकारमा ४७५ हेक्टर निजी जग्गा र १७१ घर तथा अरू संरचना प्रभावित हुनेछन् ।

कुल १७ करोड अमेरिकी डलर अनुमानित लागतको आयोजनामा नेपाल सरकार, विद्युत् प्राधिकरणको लगानी छ । यसअघि, उक्त आयोजनाका निम्ति विश्व बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराएको थियो । विश्व बैंकले आयोेजनाबाट हात झिकेपछिको ऋण प्रवाह रोकिएसँगै बाँकी काम सरकार र प्राधिकरणले पूरा गर्नुपर्नेछ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  २०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय