site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले भन्यो– गृहमन्त्री भएर आफ्नो व्यक्तिगत अनुसन्धान रोकेकाले रविको नाम तोक्नै पर्छ
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी छानबिनका लागि बन्ने संसदीय समितिको ‘टीओआर’मा रवि लामिछानेको नाम अनिवार्य रूपमा राख्नुपर्ने अडान लिएको छ । प्रतिपक्षी कांग्रेसले गृहमन्त्री भएपछि आफ्नो व्यक्तिगत अनुसन्धान रोकेकाले रवि लामिछानेको नाम तोक्न अनिवार्य भएको बताएको हो ।

संसदीय छानबिन समितिको टीओआर निर्माण कार्यदलमा सदस्य रहेका कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेस आफ्नो अडानबाट पछि हट्ने अवस्था नरहेको बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

“विगतका संसदीय छानबिन समितिमा व्यक्तिको नाम नतोकिनुमा त्यसबेला सम्बन्धित मन्त्रालयको जिम्मेवारीमा भएका कामको छानबिन गरिएको थियो । तर, अहिले गृह मन्त्रालय वा त्यसको जिम्मेवारीमा रहँदा गृहमन्त्रीले सहकारीको बचत अपचलन गरेर छानबिन हुन लागेको होइन,” परियारले भने, “हामी समेत संलग्न भएको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनुहुन्थ्यो । मातहतका निकायबाट रवि लामिछानेमाथि अनुसन्धान जारी रहँदा उहाँ गृहमन्त्री बन्नुभयो र त्यो अनुसन्धानको प्रक्रिया नै रोकियो । त्यसकारण उहाँको नाम तोकेर नै छानबिन आवश्यक परेको हो ।” 

उनले कांग्रेसले सुरुआतदेखि नै राखेको यो अडान अहिले पनि कायम राखेको बताए । उनले सत्तापक्षले पहिलेभन्दा केही लचक भएर नयाँ प्रस्ताव ल्याएको जानकारी दिए । तर, उनले नयाँ प्रस्तावमा के के विषयमा सत्तारूढ दल लचक भनेर खुलाउन चाहेनन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement