site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सीजी मोटर्सको सोरुम उद्घाटन गर्दै चिनियाँ राजदूतले भने– ईभी नेपालका लागि उत्कृष्ट

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले काठमाडौंको थापाथलीमा जीएसी मोटरको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । चिनियाँ अटोमोबाइल कम्पनी जीएसीका आयोन वाई र हाइपर मोडेल सार्वजनिक गरिएको छ ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र जीएसी इन्टरनेशनलका उपमहाप्रबन्धक वाङ सुनसेनले सोरुम उद्घाटन गरेका हुन् । 

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जीएसीका विद्युतीय गाडी (ईभी) विश्व बजारमा टेस्ला र बीवाईडीको प्रतिस्पर्धी बनेको बताए । उनले यो नयाँ सोरुमबाट उपभोक्तालाई सहज र विशेष सेवा दिने बताए ।
CG_ev_AION_SunilPradhan_12khariphoto-(1)-1716449332.jpg
 

Prabhu Bank
Agni Group
NIC Asia

उनले अहिले चीनमा उत्पत्ति भएर ईभी ब्रान्डहरू विश्वभर फैलिरहेको बताए । आफ्ना उत्पादनलाई उत्कृष्ट बनाउन जीएसीले अनुसन्धान तथा विकास (आरएन्डडी)मा विशेष काम गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा चिनियाँ राजदूत छन् सोङले नेपालमा विश्वको सबैभन्दा धेरै ईभी ‘पेनेट्रेसन’ रहेको बताए । चीन विश्व बजारमै ईभी क्षेत्रको ‘लिडर’ भएको उनले बताए ।

Global Ime bank

नेपालमा ईभीको बढ्दो प्रयोगले जलवायु परिवर्तनको संकट रोक्न मद्दत गर्नेदेखि बढ्दो पेट्रोलियम पदार्थको मूल्य र आपूर्ति श्रृंखलाको समस्याबाट मुक्त गर्ने चिनियाँ राजदूत सोङले बताए । यसकारण नेपालका लागि ईभी उत्कृष्ट रहेको उनको भनाइ छ ।

जीएसी इन्टरनेशनलका उपमहाप्रबन्धक वाङ सुनसेनले सीजी मोटर्सलाई सफलताको कामना गरे । उनले जीएसीका विद्युतीय गाडी नेपाली भुगोल र उपभोक्ताका लागि उत्कृष्ट रहेको बताएका छन् ।

कस्तो छ आयोन वाई
आयोन वाईमा ६१.५४ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री छ । मोटर पावर १०० किलोवाट छ । गाडीमा १८३ एमएमको ग्राउन्ड क्लियरन्स रहेको कम्पनीले जनाएको छ ।

CG_ev_AION_SunilPradhan_12khariphoto-(11)-1716449332.jpg
 

कम्पनीका अनुसार २२५ एनएम अधिकतम टर्क रहेको गाडीले ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने छ । आयोन वाईमा चारवटा ड्राइभिङ मोड उपलब्ध छन् । पार्किङ र अन्य सहजताका लागि गाडीमा ३६० डिग्रीको क्यामेरा रहेको छ ।

CG_ev_AION_SunilPradhan_12khariphoto-(10)-1716449332.jpg
 

गाडीको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ, जुन पाँच रङ भेरियन्टमा उपलब्ध छ ।

लक्जरियस आयोन हाइपर एचटी
सीजी मोटोकर्पले यसै वर्ष आयोन ब्रान्ड अन्तर्गतकै नयाँ गाडी बिक्री गर्ने गरी नेपाल भित्र्याउने भएको छ । त्यसअघि कम्पनीले आयोन ‘हाइपर एचटी’ थापाथलीस्थित सोरुममा प्रदर्शनीमा राखेको छ ।

मध्यम साइजको यो विद्युतीय एसयूभीको पछाडिको सिटमा फाल्कन–विङ वा गल–विङ भनिने गाडीको छततिर वा आकाशतिर गएर खुल्ने ढोका रहेको छ । यसरी माथितिर ढोका खुल्दाको दृश्यले एक किसिमको समुद्री चरा ‘सिगल’को झल्को दिन्छ । गाडीको अगाडिको ढोका भने परम्परागत नै रहेको छ ।

६०० किलोमिटरभन्दा बढी रेन्ज दिने बताइएको यो गाडीमा २५० किलोवाट क्षमताको मोटर रहेको छ । यो गाडीले ६ सेकेन्डमै १०० किलोमिटर गति दिने बताइएको छ । १० देखि १५ मिनटेकै चार्जमा गाडीले ४०० किलोमिटरभन्दा बढी रेन्ज दिनसक्ने बताइएको छ । आयोन हाइपर एचटी ७० किलोवाट आवरदेखि ९३ किलोवाट आवर क्षमताको ब्याट्रीसहित आउने बताइएको छ ।

CG_ev_AION_SunilPradhan_12khariphoto-(13)-1716449332.jpg

CG_ev_AION_SunilPradhan_12khariphoto-(8)-1716449332.jpg

CG_ev_AION_SunilPradhan_12khariphoto-(12)-1716449332.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement