site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कैलाश सिरोहियालाई प्रतिशोधको भावनाले पक्राउ गरियो : कांग्रेस

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधको भावनाले पक्राउ गरिएको ठहर गरेको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले पक्राउको भर्त्सना गरेको प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए । “प्रतिशोधको भावनाबाट यो निर्णय भएको ठहर छ । यो कार्यको घोर भर्त्सना गर्छौं,” उनले भने । 

महतले सिरोहियालाई दोहोरो नागरिकताका सम्बन्धमा केही विषय भए सुरक्षा निकाय नै खनिनुपर्ने आवश्यकता नरहेको बताए । बैठकले मिडियालाई नै नियन्त्रणमा लिने र त्रासमा राख्ने सरकारको नियत हुन सक्ने ठहर गरेको बताए । “मिडियालाई विस्तारै नियन्त्रणमा लिने र त्रासमा राख्ने सरकारको नियत हुनसक्छ भन्ने हाम्रो ठहर छ,” उनले भने । 

सिरोहियालाई प्रहरीले मंगलबार कान्तिपुर कार्यालयबाट पक्राउ गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro