site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस बैठकमा नेतृत्वको आलोचना– अफ्ट्यारो पर्दा हामीलाई बोलाउने ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकमा नेतृत्वको आलोचना भएको छ । सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा धारणा राखेका अधिकांश सदस्यले नेतृत्वको आलोचना गरेका हुन् ।

बैठकमा चाहिएका बेला पार्टीका पाँच शीर्षनेता बसेर निर्णय गर्ने र अफ्ठ्यारो पर्दा आफूहरूलाई बोलाउने गरेको भन्दै ८० प्रतिशत सदस्यले नेतृत्वको आलोचना गरेको केन्द्रीय सदस्य कुन्दन काफ्लेले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्टीको भ्रातृ संगठनमा खल्तीका मान्छे राख्ने गरेको भन्दै उनीहरूले गल्ती गरेकोमा माफी माग्नुपर्ने सदस्यहरूको माग छ । “चाहिएको बेलामा पार्टीका शीर्ष पाँच नेता बसेर गर्ने, अफ्ट्यारो पर्दा किन बोलाउने भन्ने ८० प्रतिशतभन्दा बढी सदस्यको धारणा रहेको छ । पार्टीका भ्रातृ संगठनमा खल्तीका मान्छे हाल्दा संगठन कहाँ छ ? गल्ती गर्‍यौँ भनेर माफी माग्नुपर्छ,” काफ्लेले जानकारी दिए ।

कार्यकर्ताले अन्य पार्टीलाई भोट हाल्दा हाल्दा हैरान भइसकेको भन्दै सदस्यहरूले आफ्नो खुट्टामा उभिएर सडक प्रदर्शन गर्नुपर्ने धारणा राखेका छन् । सहरी क्षेत्रमा सहकारीपीडितलाई संरक्षण गरेको भन्दै उनीहरूले आन्दोलन गृहमन्त्रीको राजीनामामा पुगेर टुंग्याउने कि के गर्ने भन्ने विषयमा पार्टीले निर्धारण गर्नुपर्ने बताएका छन् । 

Global Ime bank

बैठकमा धारणा राखेका उनीहरूले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्नुपर्ने भन्दै माओवादी लडाकु शिविर घोटालादेखि गिरीबन्धु टी–इस्टेटसम्मको छानबिनका लागि संघर्ष गर्नुपर्ने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement