site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेसँगै बढ्यो कारोबार रकम, चार दिनमा ११२ अंकको वृद्धि

काठमाडौं । गत साताको अन्तिम दिन बिहीबारदेखि नै उकालो लागेको धितोपत्र दोस्रो बजार आइतबारदेखि बुधबारसम्म ११२.७१ अंकले बढेको छ । गत साताको अन्तिम दिन बिहीबार २०१८.७६ विन्दुमा बन्द भएकोमा आज २१३१.४९ विन्दुमा बन्द भएको हो ।

पछिल्लो चार कारोबार दिनमा बजारसँगै लगातार कारोबार रकम पनि उकालो लागेको छ । गत आइतबार ४५.६९ अंकले बढेको बजार सोमबार २७.५४ अंक र मंगलबार २३.९४ अंकले बढेको थियो ।

आज नेप्से १५.५४ अंकले बढेर बजार बन्द भएको छ । पाँच अर्ब ६८ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार पाँच अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन वाणिज्य बैंक समूहका कम्पनीको सेयर मूल्य वृद्धि भएसँगै बजारमा हरियाली छाएको हो । वाणिज्य बैंक समूहको परिसूचक ४.२३ प्रतिशतले बढेको छ । यो समूहको परिसूचक ११९२.७३ विन्दुमा बन्द भएको छ । 

त्यस्तै, होटेल तथा पर्यटन, विकास बैंक र म्युचुअल फन्ड समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक भने घटेको छ । माइक्रोफाइनान्स समूहको परिसूचक १.१० प्रतिशतले घटेको छ । आज सामुदायिक लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro