site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वनमन्त्री साहको सम्पत्ति : १५८ तोला सुन, डेढ किलो चाँदी, अधिकांशको स्रोत दाइजो
फाइल तस्बिर

काठमाडौं । मन्त्रिपरिषद्का निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । सार्वजनिक सम्पत्ति विवरणअनुसार वन मन्त्री नवलकिशोर साह सुडीको सुनमात्र १५८ तोला रहेको छ ।

उनीसँग करिब डेढ किलो अर्थात एक हजार ४२९ ग्राम चाँदी रहेको छ । सुडीले पेस गरेको सम्पत्ति विवरणमा अधिकांश सुन तथा चाँदीको स्रोत दाइजो अर्थात दहेज राखिएको छ ।

मन्त्रीसँग १२ बोर राइफल नामक बन्दुकसमेत सम्पत्ति विवरणमा समेटिएको छ । काठको र पक्की गरी नौवटा घर भएको सम्पत्ति विवरण बुझाएका सुडीसँग धनुषाको क्षिरेश्वर नगरपालिका जानकी पार्कमा रहेका फनपार्कमा २५ प्रतिशत अर्थात एक करोड  ३५ लाख बराबरका सेयर रहेको छ । 

०७९ सालको प्रतिनिधिसभा निर्वाचनको दुई महिनाअघि ०७९ असोज ७ र १९ गते उनले क्रमशः ४५ लाख र ३५ लाख गरी ८० लाख रुपैयाँ ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यसबाहेक सुडीले दुई विद्युतीय कार र ४५ लाख ५९ हजार ३६२ रुपैयाँ बैक ब्यालेन्स रहेको सम्पत्ति विवरण पेस गरेका छन् । 

सुडीसँग करिब नौ बिघा जग्गा रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro