राजनीति
काठमाडौं । नेपाली कांग्रेसका अवरोधबीच राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवादको ज्ञापन गरिएको छ । आजको प्रतिनिधिसभा बैठकमा कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
विरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनको प्रति टेबुल गरेका थिए । राष्ट्रपतिले जेठ १ गते संयुक्त सदनलाई सम्बोधन गरेका थिए । उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१ १३:०७
प्रतिक्रिया दिनुहोस्