site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
आफ्नोजस्तो आवाज प्रयोग नगर्न ओपनएआईलाई जोहानसनको आग्रह

काठमाडौं । अमेरिकी अभिनेत्री स्कारलेट जोहानसनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईलाई आफ्नोजस्तो आवाज प्रयोग नगर्न आग्रह गरेकी छन् ।

गएको सेप्टेम्बरमा जोहानसनलाई उनको आवाज च्याटजीपीटी फोर.ओ सिस्टममा प्रयोग गर्न ओपनएआईले प्रस्ताव गरेको उनले बताएकी छन् । आफूले उक्त प्रस्ताव अस्वीकार गरेपछि कम्पनीले आफ्नोजस्तै आवाज प्रयोग गरेको उनले एक वक्तव्य जारी गर्दै जनाएकी हुन् ।

Dabur Nepal
NIC Asia

ओपनएआईले च्याटजीपीटीका निम्ति गएको साता जीपीटी–फोर.ओ सिस्टम सार्वजनिक गरेको थियो । यसमा आवाजसहितको प्रतिक्रिया दिन सक्नेलगायत फिचर समेटिएको थियो । सोहीअनुसार ओपनएआईले सार्वजनिक गरेका मध्ये स्काइ भ्वाइस जोहानसनको आवाजसँग मेल खाएको हो ।

अहिले कम्पनीले स्काइ भ्वाइस रोकेको छ । तर, कम्पनीले जोहानसनको आवाजमा सीमित नभएर अरू वास्तविक ‘ट्यालेन्ट’हरूको आवाज प्रयोग गरेको जनाएको छ ।

सन् २०१३ को ‘हर’ नामक चलचित्रका मुख्य पात्र उनको भर्चुअल असिस्टेन्टको आवाजसँग प्रेममा परेको कथा छ । उक्त आवाज जोहानसनको हो । त्यसैबाट प्रभावित भएर ओपनएआईका सीईओ साम अल्टम्यानले जोहानसनको आवाज च्याटजीपीटीमा प्रयोग गर्न प्रस्ताव राखेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro