site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् सचिवालयमा निवेदन दिँदै धनराजले भने– गृहमन्त्रीमाथि कारबाही हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले गृहमन्त्री रवि लामिछानेले संसद्को अवहेलना गरेको भन्दै कारबाही गर्न माग गरेका छन् । उनले सोमबार संसद् सचिवालयमा निवेदन दिँदै गृहमन्त्रीले आइतबारको सदनमा मानमर्दन गरेको बताएका छन् ।

कांग्रेस उपसभापति समेत रहेका गुरुङले दिएको निवेदनमा गृहमन्त्री लामिछानेले अदालतको फैसलामाथि धावा बोलेको, अदालतको अवहेलना गरेको उल्लेख छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, अदालतबाट सफाइ पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी प्रस्तुत गरी भ्रम श्रृजना गर्न खोजेको भन्दै आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् । उनले कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी यसै निवेदनसँगै पठाएका छन् ।

pp-1716200081.jpg
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्