site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आरोप प्रमाणित गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती 

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना नेताहरूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ । त्यसबारे छानबिन गरी प्रमाणित गर्न सोमबार बसेको संसदीय दलको बैठकबाट चुनौती दिइएको हो ।

“उहाँ (रवि लामिछाने)ले हिजो जसरी नेपाली कांग्रेसलाई लाञ्छित गर्नुभयो, जसरी कांग्रेसका नेताहरूमाथि प्रश्न उठाउनुभएको छ, हामी चुनौतीपूर्वक भन्न चाहन्छौँ– तपाईं छानबिन गर्नुस्, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस् । सरकारको यो काम हो, प्रश्न सोध्ने काम होइन,” प्रमुख सचेतक रमेश लेखकले भने ।

Dabur Nepal
NIC Asia

आरोप प्रमाणित गर्न नसके आउँदा दिनमा त्यसको परिणाम पनि गृहमन्त्रीले नै भोग्नुपर्ने कांग्रेसले चेतावनी दिएको छ । “तपाईंले जुन गम्भरी लाञ्छना गर्नुभएको छ, यदि त्यो भोलिका दिनमा प्रमाणित गर्न सक्नु भएन भने भोलिका दिनमा के हुन्छ, व्यहोर्नुपर्ला,” उनले भने ।

सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनले सरकारमा रहेको व्यक्तिले भ्रामक कुरा गरे संगीन प्रकारको लाञ्छना लगाउन पाइन्छ ? भनी प्रश्न गरे ।

गृहमन्त्री लामिछानेले हिजोको प्रतिनिधिसभा बैठकमा कांग्रेस नेतामाथि विभिन्न आरोप लगाएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro