राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्लाई ब्यारेकजस्तो बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको आरोप लगाएको छ ।
अवरोधका बीच प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिएपछि कांग्रेसले निरंकुशता प्रस्तुत गरेको टिप्पणी गरेको हो । संसदीय दलको बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले विश्वासको मत लिने समय हुँदाहुँदै विरोधका बीच लिइएको भन्दै आपत्ति जनाए ।
कांग्रेसले सदनको मूल्य मान्यता जोगाउन लडिरहने पनि बताए ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ १४:५३
प्रतिक्रिया दिनुहोस्