राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा विपक्षी दलहरूको बैठक सुरु भएको छ ।
सभामुखले प्रतिपक्षको अवरोधमै प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्ताव अघि बढाएपछि आगामी रणनीति तय गर्न प्रतिपक्षी दलहरूको बैठक बसिरहेको हो ।
विपक्षी दलहरूको बैठकपछि कांग्रेस संसदीय दलको बैठक बस्ने तय भएको छ । नेपाली कांग्रेस संसदीय दलको बैठकपछि पत्रकार सम्मेलन गरी औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ १३:४२
प्रतिक्रिया दिनुहोस्