site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिपक्षले नाराबाजी गरिरहे, प्रधानमन्त्रीले उनीहरूसितै विश्वासको मत मागिरहे !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच विश्वासको मत मागेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत मागेका हुन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको सहकारीको बचत अपचलनबारे छानबिन गर्न संसदीय समिति नबनाई विश्वासको मत माग्दा प्रतिपक्ष सांसदले वेल घेरेर नाराबाजी गरिरहेका थिए । त्यही बेला प्रधानमन्त्री प्रचण्डले देश विकासको गतिमा अघि बढेको भन्दै प्रतिपक्षलाई पनि विश्वासको मत दिन आग्रह गरे ।

संसदीय छानबिन समिति बनाएर मात्र विश्वासको मत लिन आउन कांग्रेस संसदीय दलको बैठकबाट आग्रह गरिएको थियो । त्यसलाई बेवास्ता गर्दै प्रधानमन्त्रीले प्रतिपक्षको अवरोधबीच विश्वासको मत माग्ने प्रस्ताव राखेका हुन् ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro