विदेश
ताइपेई । ताइवानमा सोमबार नयाँ राष्ट्रपति लाई चिंग तेले आफ्नो कार्यभार सम्हालेका छन् । कार्यभारको शुभारम्भको अवसरमा सम्बोधन गर्दै उनले चीनलाई आफ्नो देशलाई सैनिक र राजनीतिक धम्की नदिन चेतावनी दिएका छन् ।
उनले ताइवानी जनताको अभिमतलाई बेइजिङले सम्मान गर्नुपर्ने जनाएका छन् । चीनको प्रतिक्रिया भने आइसकेको छैन । गएको जनवरीमा भएको राष्ट्रपतिको निर्वाचनमा उनी निर्वाचित भएका हुन् ।
लाईले मध्य ताइपेइमा रहेको जापानिज कोलोनियल समयको राष्ट्रपति कार्यालय बाहिर जम्मा भएको भीडलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । बीबीसी
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ ११:१३
प्रतिक्रिया दिनुहोस्