site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनाङमा आठ महिनामा ९५० सवारीचालक कारबाहीमा
फाइल तस्बिर

मनाङ । मनाङमा आठ महिनामा ९५० सवारीचालक कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा ५६ ट्रक, ८३४ कार/जिप, ५० ट्याक्टर र १० मोटरसाइकल गरी सवारीचालक कारबाहीमा परेका हुन् । 

प्रहरी नायव उपरीक्षक एवम् प्रमुख नरेशकुमार सिंहले कारबाहीबाट नौ लाख ९३ हजार ५०० राजस्व संकलन भएको छ । त्यसमध्ये ट्रक कारबाहीबाट ५१ हजार, कार जिपबाट आठ लाख २९ हजार ५००, ट्याक्टर कारबाहीबाट ५२ हजार, मोटरसाइकल कारबाहीबाट सात हजार रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

चालु आवको साउनमा ८० सवारीचालकबाट ८१ हजार ५००, भदौमा ६७ बाट ६५ हजार, असोजमा १४५ बाट एक लाख ४८ हजार ५०० र कात्तिकमा २९१ सवारीचालक कारबाहीबाट दुई लाख ९५ हजार ५०० राजस्व संकलन भएको छ । यस्तै मंसिरमा १७५ सवारीचालकबाट एक लाख ६६ हजार, पुसमा ४३ बाट ३८ हजार ५००, माघमा १५ बाट ११ हजार ५००, फागुनमा ४२ बाट ३४ हजार र चैतमा ९२ सवारीचालक कारबाहीमा परेकाले ९९ हजार राजस्व संकलन गरेको प्रहरीले जनाएको छ । 

मनाङमा कम सवारीसाधन सञ्चालन हुने गरे पनि कानुनी तथा ट्राफिक नियम पालना नगर्दा कारबाहीमा पर्ने गरेका छन् । त्यसैले ट्राफिक नियमको पालना गर्न  जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको छ । 

समय समयमा ट्राफिक नियमको पालना गराउने उद्देश्यले विद्यालयस्तरीय कार्यक्रम तथा स्थानीयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको प्रमुख सिंहले बताए । उनले भने, “मनाङजस्तो विकट ठाउँमा सवारी कारबाही गर्न नपर्ने गरी ट्राफिक नियमको पालना गराउनमा प्रहरी लागिपरेको छ । यसलाई थप व्यवस्थित गर्दै लैजाने छौँ ।” रासस

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro