site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आन्दोलनकारीमाथि भएको बल प्रयोगप्रति मानवअधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रदर्शनकारीहरूमाथि भएको अत्याधिक बल प्रयोगको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आन्दोलनमा रहेका अपांगता भएका व्यक्तिहरुमाथि प्रदर्शन गर्ने यही जेठ २ गते सुरक्षाकर्मीहरूबाट अत्याधिक बल प्रयोग भएको र उक्त घटनामा सातजना घाइते भएको अवस्थाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

“अपांगता  भएका व्यक्तिहरूको अधिकारका सम्बन्धमा बनेका कानुनहरू र यसअगाडि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र आन्दोलनरत पक्षबीच भएका सम्झौताहरूको कार्यान्वयनको माग गर्दै विगत लामो समयदेखि आन्दोलनमा रहेका अपांगता भएका व्यक्तिहरुमाथि प्रदर्शन गर्ने क्रममा २०८१ जेठ २ गते सुरक्षाकर्मीहरुबाट अत्याधिक बल प्रयोग भएको र उक्त घटनामा ७ जना घाइते भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,” बिहीबार आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अपांगता भएकाहरूको आन्दोलनमा ‘बल प्रयोग’, ६ जना घाइते 

Dabur Nepal
NIC Asia
विज्ञप्ति :

अपांगता भएका व्यक्तिहरुको अधिकारका सम्बन्धमा बनेका कानुनहरु र यस अगाडि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र आन्दोलनरत पक्षबीच भएका सम्झौताहरुको कार्यान्वयनको माग गर्दै विगत लामो समयदेखि आन्दोलनमा रहेका अपांगता भएका व्यक्तिहरुमाथि प्रदर्शन गर्ने क्रममा २०८१ जेठ २ गते सुरक्षाकर्मीहरुबाट अत्याधिक बल प्रयोग भएको र उक्त घटनामा ७ जना घाइते भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । 

आयोगले घटनाको अनुगमन गरेको छ । रत्नपार्कको शान्ति वाटिकाबाट पर्यटन बोर्ड हुँदै माइतीघरसम्म पूर्वयोजना अनुरुप अपांगता भएका व्यक्तिहरुको समूहले प्रदर्शन गर्ने क्रममा उक्त क्षेत्रको सवारी आवागमन अवरुद्ध भएको, सडकको दुई लेनमा प्रदर्शन गरी बाँकी भागमा सवारी आवागमन गराउन खोज्दा विवाद भएको, यसक्रममा प्रहरीले निजहरुमाथि लछारपछार गर्दै कुटपिट गरेको अनुगमनबाट पाइएको छ । प्रहरीले २० जना प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिई प्रहरी वृत्त अनामनगरमा राखेको, अपांगता भएकी प्रदर्शनकारी महिलामाथि पुरुष प्रहरीले बुटले पेटमा हानेको, बोलाई सम्बन्धी अपांगता भएका रमेश खड्कालाई निर्मम तरिकाले कुटपिट गर्नुका साथै घाँटी अँठ्याएको प्रत्यक्षदर्शीहरुले आयोगको टोलीलाई बताएका छन् । त्यसैगरी, प्रहरीको कुटपिटबाट घाइते भएका ह्विलचेयर प्रयोगकर्ता लक्ष्मण मगरको पाखुरामा निल डाम रहेको, बौद्धिक अपांगता भएका १५ वर्षीय बालकलाई प्रहरीले लछारपछार गर्दै यो बच्चाले अपांगता भएको नाटक गरेको हो भन्दै अशंवेदनशील शब्दको प्रयोग गरेको आयोगको अनुगमनबाट पाइएको छ । 

नियमावली कार्यान्वयनका लागि आमरण अनसन, सहमति पालना नहुँदा आन्दोलन (तस्बिरहरू)

नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन २०७४, नियमावली २०७७ एवम् नेपाल पक्ष राष्ट्र भएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ ले पूर्ण वा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुको लागि सहयोगी वा संरक्षक उपलब्ध गराउने तथा राज्यका सेवा सुविधाहरुमा प्राथमिकता दिनुपर्ने लगायतका व्यवस्था गरेको छ । त्यस्तै, नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ लगायत राष्ट्रिय तथा अन्य अन्तर्राष्ट्रिय कानूनहरुले समेत शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारको प्रत्याभूत गरेको छ ।  

अतः तीनै तहका सरकारले समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरू र नेपाल सरकार बिच यस अघि भएका सम्झौताहरुको कार्यान्वयनमा जोड दिन, घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचार गर्न एवम् शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउने नागरिकको अधिकारको सम्मान र संरक्षण गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।

डा.टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro