site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
आगामी दशक सूचना प्रविधिको दशक 

काठमाडौं । सरकारले आगामी दशकलाई सूचना प्रविधिको दशकको रूपमा अघि बढाइने जनाएको छ ।  

मंगलबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्न प्रोत्साहन गर्ने जानकारी दिए । 

नेपालाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकास गरिने जानकारी दिए । 

त्यस्तै, काठमाडौं र प्रदेशका उपयुक्त स्थानमा वर्क स्टेशन सञ्चालन गरी कम्तीमा पाँच हजार रोजगारी स्थापना गर्ने योजना सरकारको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्