site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु 

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सभामुख देवराज घिमिरेको कार्यकक्षमा बैठक बसेको हो ।

बैठकमा संघीय संसद्को संयुक्त बैठक, सरकारको नीति तथा कार्यक्रम र त्यसपश्चात् बस्ने प्रतिनिधिसभा बैठकका विषयमा छलफल गरिनेछ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनबारे छानबिनको मागसहित संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएको छ । कांग्रेस यो प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेत दोषी रहेको भन्दै समिति नबनाइएसम्म सदन चल्न नदिने अडानमा छ ।

आज पनि दलको बैठक बसेर नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र त्यसपश्चात् कुनै बैठक चल्न नदिने निर्णय कांग्रेसले गरेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा यी विषयमा पनि छलफल गरिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro