site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार दिनमा १०० भन्दा बढी आरोही पुगे सगरमाथाको शिखरमा 
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो चार दिनमा १०० जनाभन्दा बढी आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । गएको शुक्रबारदेखि सोमबार (आज) बिहानसम्म उक्त संख्यामा आरोही सगरमाथाको शिखरमा पुगेका हुन् ।

“शुक्रबारयता कम्तीमा पनि १०० जनाभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण गर्नेको विवरण आउने क्रम जारी छ, विवरण संकलन गर्ने कार्य भइरहेको छ । यो संख्या अझ बढ्छ,” पर्यटन विभागको सगरमाथा आधारशिविरस्थित फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमले बाह्रखरीसँग भने ।

गएको शुक्रबार यो सिजनमा सगरमाथा आरोहणका निम्ति डोरी टाँग्ने (रोप फिक्सिङ) कार्य गरिएको थियो । डोरी टाँग्ने क्रममा शुक्रबार बेलुका ८ः१५ बजे १० जनाले सगरमाथाको सफल आरोहण गरेका थिए ।

सगरमाथा आरोहण गर्ने क्रममा कामीरिता शेर्पाले आफ्नो रेकर्ड आइतबार आफैँले ‘ब्रेक’ गरेका थिए । आइतबार बिहान ७ः२५ बजे उनले सगरमाथाको सफल आरोहण गरेका थिए । उनी २९औँपटक सगरमाथाको शिखरमा पुगेका हुन् । सबैभन्दा धेरैपटक सगरमाथाको आरोहण गर्ने रेकर्ड यसअघि पनि उनकै नाममा थियो ।

“२९औँपटक सगरमाथाको सफल आरोहण गरी सोमबार आधारशिविर फर्किनुभएका कामीरितालाई पर्यटन विभागको फिल्ड कार्यालयले सोमबार भव्य स्वागत गरेको छ,” गौतमले भने । कामीरिता शेर्पालाई फूलमाला र अबिर लगाई स्वागत गरिएको थियो ।

पयर्टन विभागका अनुसार, यो सिजनमा सगरमाथा आरोहण गर्नका निम्ति ४१ टिमका ४१४ जनाले स्वीकृति लिएका छन् । स्वीकृति लिनेमा ७५ महिला र ३३९ पुरुष छन् । उनीहरूलाई यो स्वीकृति गएको मार्च १ देखि मे ७ सम्मको अवधिमा दिइएको हो । सगरमाथा आरोहणको स्वीकृति दिएबापत सरकारले ५९ करोड २३ लाख पाँच हजार ८४९ रुपैयाँ राजस्व संकलन गरेको छ ।

उक्त अवधिमा नेपालका विभिन्न ३० हिमाल आरोहणका लागि ११२ टिमका ९७१ जनाले स्वीकृति पाएका छन् । स्वीकृति पाउनेमा २०२ महिला र ७६९ पुरुष छन् । विभिन्न हिमाल आरोहणको स्वीकृति दिएबापत उक्त अवधिमा सरकारले ६७ करोड ४७ लाख १४ हजार ६१ रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro