site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियामा चक्कु प्रहारबाट महिलाको हत्या गर्ने किशोरलाई १४ वर्ष जेल

ब्रिस्बेन । अस्ट्रेलियामा एक किशोरले चक्कु प्रहारबाट बेलायती महिलाको  हत्या गरेकामा उनलाई १४ वर्षको जेल सजाय सुनाइएको छ ।

इम्मा लोभेल नामकी ४१ वर्षीया महिलाको ब्रिस्बेनमा दुई पक्षबीचको झडपका क्रममा मृत्यु भएको थियो । उक्त घटना सन् २०२२ मा बक्सिङ दिवसको दिन भएको थियो ।

Dabur Nepal
NIC Asia

उनी बेलायतको सुफोल्कबाट २०११ मा छोरीहरू र पति लीसँग त्यहाँ गएकी थिइन् । आक्रमणमा पति पनि घाइते भएका थिए ।

आक्रमण गर्ने किशोर त्यति बेला १७ वर्षका मात्र भएकाले उनको नाम उल्लेख गरिएको छैन । उनी यो वर्षको सुरुमा हत्या अभियोगमा दोषी ठहर भएका थिए । अहिले १९ वर्षका रहेका उनलाई सोमबार ब्रिस्बेनको सर्वोच्च अदालतले जेल सजाय तोकेको हो ।

अदालतमा न्यायाधीश टोम सोलेभुले लोभेलको हत्या जघन्य अपराध भएको बताएका थिए । “लोभेलको एउटा प्रिय परिवार थियो, जसले नयाँ देशमा आफ्नो जीवन जिउन चाहिरहेको थियो,” उनले भनेका छन् । सुरक्षित जीवनयापनको अधिकारको उल्लंघन भएको उनले जनाए ।

अदालतमा गराइएको जानकारीअनुसार, कुकुरले उठाएका कारण उनीहरू घरको बगैँचातर्फ गएका बेला ती किशोरहरूसँग झडप भएको थियो । त्यही बेला ११.५ सेन्टिमिटरको चक्कु लोभेलको छातीमा प्रहार गरिएको थियो । प्रहरी र स्वास्थ्यसम्बन्धी काम गर्ने व्यक्ति त्यहाँ पुग्दा लोभेलका दुई छोरी आमाको शरीरसँगै रोइरहेका थिए ।

उपचारका निम्ति अस्पताल पुर्‍याउनासाथै उनको मृत्यु भएको थियो । लोभेलको परिवारले हत्यारालाई आजीवन कारावासको माग यसअघि नै गरेको थियो । हत्याका घटनामा आजीवन कारावासको व्यवस्था भए पनि आक्रमणकारीलाई नाबालिगका रूपमा सजाय तोकिएको छ । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro