site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कतारबाट ५० ग्राम सुन ल्याइदिएबापत १६ हजार रुपैयाँ दिने जीवन बस्नेत पक्राउ

काठमाडौं । प्रहरीले कतारबाट अवैधरूपमा ल्याउने काममा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका–७ का ३२ वर्षीय जीवन बस्नेत रहेका छन् ।

प्रहरीका अनुसार गएको बिहीबार कतारबाट अवैधरूपमा सुन ल्याएको गोप्य सूचनाको आधारमा सुनसरीको धरान उपमहानगरपालिका–५ का विजयकुमार लिम्बुलाई ५० ग्राम बराबरका ब्रासलेट र औँठीको सुनसहित पक्राउ गरिएको थियो ।

अनुसन्धानका क्रममा सुन ल्याउने काममा सुनसरीको रामधुनी नगरपालिका–७ घरका बस्नेतको संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार गौशालाबाट पक्राउ गरिएको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा पठाइएको प्रहरीले जनाएको छ ।

उनले कतारबाट ५० ग्राम सुन ल्याइदिएबापत १६ हजार रुपैयाँ दिने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित व्यक्तिसम्म पुर्‍याइदिएबापत पाँचहजार रुपैयाँ दिने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयक प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro