site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मियामीको पुनरागमन जित

काठमाडौं । लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा मोन्टरियालविरुद्ध ३–२ को पुनरागमन जित निकालेको छ ।

आइतबार बिहान भएको खेलमा मियामीले २–० ले पछि परेको अवस्था उल्ट्याउँदै जित निकालेको हो । मियामीलाई जित दिलाउन माटियस रोजास, लुइस स्वारेज र बेन्जामिन क्रेमास्चीले गोल गरे । मोन्टरियालका ब्रायस डुक र जुलेस एन्थोनी भिल्सेन्टले गोल गरे ।

खेलको २२औँ मिनेटमा डुकले गोल गर्दै मोन्टरियाललाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि भिल्सेन्टले गोल गर्दै मोन्टरियालको अग्रता दोब्बर बनाएका थिए । ४४औँ मिनेटमा रोजासले गोल गरेपछि मियामीले मोन्टरियालको अग्रता २–१ मा झारेको थियो । पहिलो हाफको इन्जुरी समयमा स्वारेजले गोल गरेपछि मियामी खेलमा फर्कियो ।

यस्तै, ५९औँ मिनेटमा क्रेमास्चीले गोल गरेपछि मियामीले ३–२ को पुनरागमन जित निश्चित गरेको हो ।

जितसँगै १३ खेलबाट २७ अंक जोडेको मियामी लिगको इस्र्टन कन्फेरेन्सको शीर्ष स्थानमा छ । ११ खेलबाट १२ अंक जोडेको मोन्टरियाल तालिकाको १२औँ स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro