site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘राज्यसत्ताले कांग्रेससँग च्यालेन्ज गर्न सक्दैन’

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले संविधानमा देखिएका कमी–कमजोरीलाई सच्चाउँदै अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिको तेस्रो अधिवेशन उद्घाटन गर्दै उनले नयाँ संविधान जारीपछि मुलुकको परिवर्तनसँगै जनताले त्यसको महसुस गर्न नसकेको उल्लेख गरे ।  संविधानमा देखिएका कमी–कमजोरीलाई सच्चाउँदै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

“संविधानले जनताको पक्षमा धेरै काम गर्ने संकल्प पनि गर्‍यो । धेरै प्रतिबद्धता व्यक्त पनि गर्‍यो । तर, त्योबमोजिम जनतालाई उपलब्धि दिन राज्यप्रणालीले सकेन । राज्यव्यवस्थाले सकेन,” उनले भने ।

नेता सिटौलाले पछिल्लो समय पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तीन फरक–फरक सरकार बनेकाले त्यसको असर प्रदेशमा देखिएको बताए । “राज्यशक्तिको सन्तुलन फेरिएको अवस्थामा आज हामी छौँ यहाँ । संघीय सरकारमा हाम्रो उपस्थिति छैन,” उनले भने, “सातवटा प्रदेशहरूमा लगभग हाम्रो सरकार छैन जस्तो अवस्थामा पुगेको छ ।”

जनताको हितमा एजेन्डा तयार गर्दै त्यसमा समग्र पार्टीपंक्ति एकाकार भएर उनीहरूमाझ जानुपर्ने बेला आएको उनले उल्लेख गरे ।

यस्तै, कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंले पार्टीले जनताका पक्षमा उठाएका विषयमा सरकार गम्भीर नहुँदा संसद् अवरोध गर्नुपरेको बताइन् । सदनमा सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको उनले आरोप लगाइन् ।

“...दुःखको कुरा हो, संसद्को सभामुखले एउटा मध्यमार्गी भूमिका खेल्नुपर्ने हो । निष्पक्ष भूमिका खेल्नुपर्ने हो,” उनले भनिन्, “तर, हिजो दुर्भाग्य, हाम्रा सभामुखले के भन्नुभयो भने प्रतिपक्ष दलको प्रमुख सचेतकलाई– हामी पेलेरै जान्छौँ, तपाईंहरू के गर्नुहुन्छ, गर्नुस् भन्नुभयो ।”

उनले कांग्रेस प्रजातान्त्रिक शक्ति भएकाले निकै संयम भएको भन्दै सत्तापक्षले ‘च्यालेन्ज’ गर्न खोजेको भए अवस्था अर्कै हुने चेतावनी दिइन् ।

“नेपाली कांग्रेससँग यदि यो राज्यसत्ताले च्यालेन्ज नै गर्न खोजेको हो भने, नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले मात्रै अलिकति संयम राखेर अगाडि हिँडेको हो,” उनले भनिन्, “तर, नेपाली कांग्रेसलाई च्यालेन्ज गर्न खोजेको हो भने यो राज्यसत्ताले हामीसँग च्यालेन्ज गर्न सक्छ भन्ने मलाई लाग्दैन ।”

कांग्रेसमाथि चौतर्फी रूपमा आक्रमण हुन थालेको भन्दै उनले पार्टी एकताबद्ध भएर लाग्नुपर्ने बताइन् । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro