site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
‘वनमान्छे कूटनीति’ तिर मलेसिया 

क्वालालाम्पुर । मलेसियाले आफ्नो पाम तेलको खरिद गर्ने मुख्य व्यापारिक साझेदारलाई उपहारको रूपमा ओराङगुटान दिने जनाएको छ ।  कमोडिटिज (वस्तुहरू)सम्बन्धी मन्त्री जोहारी अब्दुल घानीले चीनले ‘पाण्डा डिप्लोमेसी’ गरे जस्तै आफूहरूले पनि व्यापारिक साझेदारलाई उपहारको रूपमा ओराङगुटान दिने प्रस्ताव अघि सारेको जनाएका छन् । तर, संरक्षणसम्बन्धी समूह डब्ल्यूडब्ल्यूएफले भने ओराङगुटानलाई तिनीहरूको प्राकृतिक वासस्थानमा संरक्षण गर्नका लागि केन्द्रित हुनुपर्ने जनाएको छ । 

ठूलो खालको बाँदरका रूपमा लिइने ओराङगुटानको  मुख्य वासस्थान मलेसिया र इण्डोनेसियालाई मानिने गरेको छ । जोखिमको सूचीमा रहेको ओराङगुटानको नामको हिसाबले शाब्दिक अर्थ ‘वनको मान्छे’ हो । डब्ल्यूडब्ल्यूएफका अनुसार बोर्नियो प्रायद्वीपमा एक लाख पाँच हजार र सुमात्रा प्रायद्वीपमा केही हजार ओराङगुटान रहेका छन् । 

मलेसियन मन्त्री जोहरीले पाम तेलको आयातकर्ता खासगरी चीन, भारत र युरोपेली संघलाई ओराङगुटान उपहारको प्रस्ताव गरिएको जनाएका छन् । उनले एक्समा लेखेका छन्, “विश्व समुदायलाई यसले प्रमाणित गर्ने छ कि मलेसिया जैविक विविधता संरक्षणमा प्रतिबद्ध रहेको छ ।”

उनले मलेसियाले पाम तेलबारेमा रक्षात्मक दृष्टिकोण राख्न नसक्ने जनाउँदै यसको सट्टामा विश्वका देशहरूलाई मलेसिया पाम तेलको दीगो उत्पादक राष्ट्रका रूपमा देखाउनुपर्ने आवश्यकता भएको बताएका छन् । उनले मलेसिया वन र वातावरणीय दीगोपनको संरक्षणमा प्रतिबद्ध रहेको समेत जनाएका छन् ।

मलेसियाले चालेको यो कदम उसले आफ्नो आर्थिक विकासका लागि सद्‌भावनाको संकेत र जोखिमको सूचीमा रहेका प्रजातिलाई जोगाउने चाहनाको टोकनका रूपमा समेत लिइएको छ । तर, संरक्षणसम्बन्धी समूहले भने सो योजनाको विपक्षमा  आवाज उठाएका छन् ।

डब्ल्यूडब्लूएफले जंगली जनवारको संरक्षणमा समर्थन गरेको र व्यापारिक साझेदारलाई यो प्रक्रियामा समर्थनका लागि मलेसिया ल्याउन आग्रह गरेको छ । ओराङगुटानलाई देश बाहिर पठाउने योजनामा असहमति जनाउँदै डब्ल्यूडब्लूएफले जारी गरेको वक्तव्यमा जनाइएको रोयटर्सले उल्लेख गरेको  छ ।

यस्तै, जस्टिज फर वाइल्ड लाइफ मलेसियाले सो योजना पूरा गर्नका लागि थप अनुसन्धान हुनुपर्ने जनाउँदै योजना कार्यान्वयन गर्नुअघि वैकल्पिक कुटनीतिक प्रक्रियाबारे विचार गर्न आग्रह गरेको छ । पामको तेल चकलेट, मार्जरिन, कस्मेटिक र साबुनलगायत उत्पादनमा प्रयोग हुने गरेको छ । यो उत्पादनको लागि सजिलो भए पनि फस्टाउन ट्रपिकल (उष्णकटिबन्धीय) क्षेत्रको जरुरी पर्दछ । बीबीसी
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro