site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
साउदीमा हजका लागि नयाँ नियम, उल्लंघन गर्नेलाई फिर्ता पठाइने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

रियाद । आउँदो जुन २ देखि सुरु हुन लागेको हज यात्राको लागि साउदी अरेबियाको गृह मन्त्रालयले कडा नियम जारी गरेको छ । नियम कार्यान्वयन नगर्नेलाई कारबाहीको चेतावनी दिएको छ ।

गृह मन्त्रालयले हज यात्राको क्रममा नियम उल्लंघन गर्नेलाई करिब २७०० डलर सम्मको जरिबाना हुन सक्ने जनाइएको छ । मन्त्रालयका अनुसार बिनाअनुमति हज यात्रा गरिनुलाई अवैध मानिने र उनीहरूलाई आफ्नै देशमा फिर्ता गरिनेछ । नियम उल्लंघन गर्नेलाई निर्धारित समयसम्म साउदी अरेबिया जान पनि रोक लगाउन सकिनेछ । 

सुरक्षाका कारण यो कदम उठाइएको साउदी सरकारको भनाइ छ । यसैगरी बिनाअनुमति पवित्रस्थल मक्का तथा सुरक्षा नियन्त्रण क्षेत्रमा जान पनि रोक लगाइएको छ । यो नियम जुन २ देखि जुन २० सम्मका लागि लागु हुने जनाइएको छ । बीबीसी

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement