site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दुर्घटनामा परेका इब्राहिम रइसी : धार्मिक ‘स्कलर’देखि राष्ट्रपतिसम्म
इब्राहिम रइसी । तस्बिर : एएफपी ।
SkywellSkywell

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ । आइतबार पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका बेला उक्त हेलिकोप्टर दुर्घटना भएको थियो । त्यसमा सवार सबैजनाको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

i1-1716185366.jpg
इब्राहिम रइसीले सधैँ कालो पगरी (शिरमा बेरेर लगाइने कपडा) पहिरिए । र, त्यो यसको संकेत हो कि उनी इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदसँग सिधै जोडिएका थिए ।

उनी एक धार्मिक ‘स्कलर’बाट वकिल र इरानको उच्च पदमा पुगे । रइसी इरानको दोस्रो नम्बरका धार्मिक नेता थिए । शिया धर्मगुरुको वरीयताक्रममा उनी अयातोल्लाह खामेनीभन्दा एक तह मुनि मानिन्थे । सन् २०२१ मा उनले इरानको राष्ट्रपति पद सम्हाल्दा देशमा थुप्रै चुनौती थिए ।

Dabur Nepal
NIC Asia

एकातर्फ देशको सामाजिक अवस्था मुस्किल थियो, अर्कोतर्फ आफ्नो परमाणु कार्यक्रमका कारण इरानले अमेरिकाको प्रतिबन्ध झेलिरहेको थियो । यसैले इरानले गम्भीर आर्थिक संकटको सामना गरिरहेको थियो ।

चुनाव प्रचारको समयमा रइसीले देशमा व्याप्त भ्रष्टाचार र आर्थिक संकटलाई सम्बोधन गर्न आफू सबैभन्दा योग्य उमेदवार भएको बताएका थिए । यसका निम्ति केही गर्न नपाउँदै हिजाबका विषयमा गरिएका प्रदर्शनले उनीसामु चुनौती खडा गरेको थियो । इजरायलमाथि हमासको आक्रमण र त्यसपछि इजरायलको सैन्य प्रतिक्रियाले इरानलाई झन् अप्ठ्यारो अवस्थामा पुर्‍याएको थियो । यसक्रममा इजरायलप्रति कडा रबैया अपनाउँदै उनले शिया बहुल इरान अब मुस्लिम दुनियाँको नेतृत्व गर्न तयार छ भन्ने संकेत समेत दिन खोजे ।

fdsg-1716185421.jpg

रइसीको बाल्यकाल
उनको जन्म सन् १९६० मा पूर्वी इरानको पवित्र सहर मशहदमा भएको थियो । शिया मुसलमानको पवित्र मानिने मस्जिद सोही सहरमा छ । उनी कम उमेरमै उच्च पदमा पुगेका थिए । रइसीका पिता एक मौलवी (मुसलमान शिक्षक/ज्ञाता) थिए । रइसी पाँच वर्षको हुँदा उनका पिताको मृत्यु भएको थियो ।

उनले बाबुको पदचाप पछ्याउँदै १५ वर्षको उमेरमा कोम सहरस्थित एक शिया संस्थानमा पढाइ सुरु गरेका थिए । आफ्नो विद्यार्थीकालमा पश्चिमाको समर्थनमा रहेका मोहम्मद रेजा शाहविरुद्धका प्रदर्शनमा उनले भाग लिएका थिए । पछि आयोतोल्ला रुहोल्ला खामेनीले इस्लामिक क्रान्तिमार्फत १९७९ मा शाहलाई सत्ताबाट हटाएका थिए ।

२० वर्षको उमेरमा उनी तेहराननजिकको कराजका महाअभियोजक नियुक्त भएका थिए । १९८९ बाट १९९४ सम्म उनी सोही पदमा रहे । उनी सन् २००४ देखि १० वर्षसम्म न्यायिक प्राधिकरणका डिपुटी चिफ रहेका थिए । २०१४ मा उनी इरानका महाअभियोजक बनेका थिए ।

तत्कालीन समयमा इरानी न्यायपालिकाको प्रमुख रहेका रइसीको राजनीतिक विचार अति कट्टर मानिन्थ्यो । उनी २०२१ जुनमा उदारवादी हसन रुहानीको स्थानमा इस्लामिक रिपब्लिक इरानको राष्ट्रपति बनेका थिए । उनले चुनावका क्रममा रुहानीको पालामा भएको भ्रष्टाचार र आर्थिक संकटलाई सम्बोधन गर्न आफू उत्तम विकल्प भएको जिकिर गरेका थिए । उनलाई हुज्जातुलइस्लाम अर्थात् इस्लामको प्रमाणको धार्मिक पदवी पनि दिइएको थियो ।

wfesdg-1716185394.jpg
डेथ कमिटीका सदस्य
इस्लामिक क्रान्तिपछि उनले न्यायपालिकामा काम गर्न सुरु गरेका थिए । कैयौँ सहरमा वकिलका रूपमा काम गरेका थिए । त्यसक्रममा उनले इरानी गणतन्त्रका संस्थापक तथा १९८१ मा त्यहाँका राष्ट्रपति बनेका अयोतोल्ला रुहोल्ला खामेनीसँग पनि प्रशिक्षण लिएका थिए ।

उनी २५ वर्षको हुँदा इरानको डेपुटी प्रोसिक्युटर बनेका थिए । पछि न्यायाधिश बने र १९८८ मा खुफिया ट्रिब्युनलमा सामेल भए, जसलाई डेथ कमिटीको नामले समेत चिनिन्थ्यो । यसअन्तर्गत उनले हजारौँ राजनीतिक कैदीमाथि दोस्रोपटक मुद्दा चलाए, जो पहिलेदेखि नै जेलजीवन बिताइरहेका थिए । ती राजनीतिक कैदीमा ज्यादा इरानका वामपन्थी र विपक्षी मुजाहिद्धिन एक खल्का वा पिपुल्स मुजाहिद्धिन अर्गनाइजेसन अफ इरानका सदस्य थिए ।

त्यसमार्फत कति राजनीतिक कार्यकर्तालाई मृत्युदण्ड दिइयो भन्ने यकिन छैन । तर, करिब पाँच हजार महिला र पुरुषलाई मृत्युदण्ड दिइएको अधिकारकर्मीको भनाइ छ ।

फाँसीपछि सबैलाई अज्ञातस्थलमा पुरिएको बताइने गरेको छ । मानवअधिकारकर्मीले यसलाई मानवअधिकारविरुद्धको अपराध बताउने गरेका छन् । रइसीले यस मामिलामा आफ्नो भूमिकालाई लगातार इन्कार गरेका थिए । साथै, उनले एकपटक पूर्वसर्वोच्च नेता अयातोल्ला खामेनीको फतवा (धार्मिक आदेश)अनुसार यो सजाय उचित रहेको बताएका थिए ।

इजरायल र इरान दुवै सन् १९७९ सम्म एकार्काका सहयोगी राष्ट्र थिए । तर, पछि सम्बन्ध तनावपूर्ण हुन पुग्यो । हमास–इजरायल आक्रमण–प्रत्याक्रमणको पछिल्लो समयमा पनि इरान र इजरायलबीच ड्रोन आक्रमण गरिएका थिए ।

१९७९ मा इस्लामिक क्रान्तिपछि प्यालेस्टाइनको समर्थन इरानको विदेश नीतिको केन्द्रमा थियो । इजरायल–गाजा संघर्षमा खुलेर इरानले प्यालेस्टाइनको साथ दिएको थियो । आइतबार पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटनपछि पनि उनले प्यालेस्टाइनको पक्षमा इरानको साथ रहिरहने बताएका थिए । बीबीसी/एजेन्सीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu