site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अन्तर्राष्ट्रिय ‘रक क्लाइम्बिङ’को सम्झौता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोसी गाउँपालिका–५, स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।
 
साहसिक खेल ‘रक क्लाइम्बिङ’मार्फत् आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सोलुखुम्बुको महभिरमा आगामी असार ३ र ४ गते अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता आयोजनाका लागि बुधबार काठमाडौँमा माप्य दूधकोसी गाउँपालिका र नेपाल आरोहण खेल संघबीच सम्झौता भएको छ । सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई र संघका अध्यक्ष हरि धरेलले हस्ताक्षर गरेका छन् ।
      
पर्यटन विकासको प्रचुर सम्भावना भएको माप्य दूधकोसीले गाउँपालिकाभित्रको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए । उक्त प्रतियोगिताले माप्य दूधकोसीमात्र नभई सोलुखुम्बु जिल्लामा नै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनले बताए । 
      
नेपाल आरोहण खेल संघका अध्यक्ष धरेलले खेल र पर्यटन विकासमा प्रतियोगिताबाट सहयोेग पुग्ने विश्वास व्यक्त गरे ।   प्रतियोगितामा ६ देशका अन्तर्राष्ट्रियस्तरका ‘क्लाइम्बर’ले भाग लिने उनले बताए । संघले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेर खेलकुदमार्फत् पर्यटन प्रवर्द्धन गर्दै आएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement