site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकी सरकारविरुद्ध कांग्रेस सर्वाेच्च अदालत पुग्यो 

काठमाडौं । गण्डकी सरकारविरुद्ध नेपाली कांग्रेस सर्वाेच्च अदालत पुगेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर सर्वाेच्च अदालत पुगेको हो । 

गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेकाे प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गर्न आफूहरू सर्वाेच्च अदालतमा रहेको सांसदद्वय डिल्लीराम सुवेदी र द्रोणकुमार कुँवरले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

गण्डकीमा सभामुखले मिचे संविधान !

संविधानको धारा १८८ (३) अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । यसविरुद्ध कांग्रेस अदालत पुगेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro