site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
प्रकाश सपूतले गरे सिनेमा ‘वसन्त’ निर्माणको घोषणा, आफैँ हिरो र निर्देशक 

काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माणको घोषणा गरेका छन् । गायनमार्फत लोकप्रिय बनेका उनले सिनेमा निर्माणको घोषणा गरेका हुन् ।

आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्रकाशले चलचित्रको नाम र कलाकारबारे जानकारी गराएका छन् । ‘वसन्त’ नामक चलचित्रको मुख्य भूमिकामा प्रकाश स्वयं रहनेछन् । उनको अपोजिटमा स्वस्तिमा खड्का हुनेछिन् । चलचित्रमा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ ।

चलचित्रको निर्देशन पनि प्रकाश आफैँले गर्नेछन् । सिनेमामा लेखन र संगीत समेत प्रकाशकै हुनेछ । चलचित्र आउँदो चैते दसैँमा रिलिज गरिने उनले बताएका छन् ।

सिनेमामा कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनेछन् ।

प्रकाशले चलचित्र ‘परदेशी–२’ मा अभिनय गरेका थिए । सोही सिनेमाबाट अनुभव हासिल गरेर आफैँ निर्माणमा आएको उनले बताएका छन् । गीतमा जस्तै चलचित्रमा पनि दर्शकको माया पाउने उनको विश्वास छ ।

आफ्नो सिनेमाको छायांकनअगाडि उनले ‘पूर्णबहादुरको सारङ्गी’मा अभिनय गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro