site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अन्तिम खेलमा जितका लागि नेपाललाई १७३ रनको लक्ष्य 

काठमाडौं । घरेलु टिमसँगको पाँचौं ट्वान्टी–२० खेलमा नेपाललाई वेस्ट इन्डिज ‘ए’ले १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रनको योगफल खडा गरेको हो ।

वेस्ट इन्डिजका एलिक एथानाजेले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा एक चौका र तीन छक्का प्रहार गरे । कप्तान रोस्टन चेजले २३ बलमा पाँच चौकासहित ३३ रन बनाए । जोन्सन चार्ल्सले २४ र म्याथ्यु फोर्डेले २३ रन बनाउँदा मार्क डेयल र कदिम अलेयनेले समान ११ रन थपे ।

नेपालका सोमपाल कामी र सागर ढकालले समान तीन विकेट लिए । किफायती बनेका सोमपालले चार ओभरमा १६ रनमात्र खर्चिए । यसबाहेक, अभिनाश बोहराले एक विकेट लिए ।

यसअघि शृंखलाका चार खेलमध्ये तीन खेलमा जित निकाल्दै वेस्ट इन्डिज प्रतियोगिताको च्याम्पियन बनिसकेको छ । पहिलो खेलमा नेपालल चार विकेटले विजयी भए पनि त्यसपछि वेस्ट इन्डिजले १० रन, ७६ रन र २८ रनको जित निकालेको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro