site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पावर प्लेमा वेस्ट इन्डिज ‘ए’ ले बनायो ७१ रन 

काठमाडौं । नेपालसँगको तेस्रो ट्वान्टी–२० खेलमा वेस्ट इन्डिज ‘ए’ ले पहिलो पावर प्लेको समाप्तिमा ७१ रन बनाएको छ । 

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले ६ ओभरको समाप्तिमा एक विकेट गुमाएर ७१ रन बनाएको हो ।

Dabur Nepal
NIC Asia

आजको खेलमा मुख्य प्रशिक्षक मोन्टी देसाईले कप्तान रोहितकुमार पौडेललाई राखेका छैनन् । दीपेन्द्रसिंह ऐरीले नेपाली टिमको कप्तानी सम्हाल्दा यसअघि मौका पाएका लोकेश बम र अनिल साह पनि प्लेइङ्ग–११ मा छन् । नेपाली टिमका आज विकेटकिपर ब्याटर विनोद भण्डारीले पनि मौका पाएका छन् । 

पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ ले यसअघिको दोस्रो खेलमा घरेलु टिमलाई १० रनले हराएको थियो । पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro