site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल भित्रिदै भारतको चर्चित फर्च्युन होटेल्स्
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको चर्चित आईटीसी ग्रुप अफ होटेल्स् अन्तर्गतको फर्च्युन होटेल्स्ले नेपालबाट आफ्नो अन्तराष्ट्रिय यात्रा सुरु गरेको छ । भक्तपुरमा फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै होटेलका संचालकहरुले यस क्षेत्रको अग्रणी होटेल ब्रान्डको रुपमा भारतीय होटेल सञ्जालको अन्तर्राष्ट्रिय यात्रालाई थप अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै फर्च्युन होटेल्सका प्रवन्ध निर्देशक समीर एमसीले नयाँ आर्थिक वर्ष २०८१/०८२ को सुरुआतमै फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्न पाउँदा निकै खुसी भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रबन्ध निर्देशक एमसीले भक्तपुरमा पहिलो रिसोर्ट सुरु गर्दैगर्दा सांस्कृतिक रुपमा धनी साथै संगीत तथा नृत्यको केन्द्रको रुपमा रहेको भक्तपुरमा रमणीय गन्तव्य सिर्जना गर्ने सपना रहेको बताए ।

विश्वकै अग्लो शिव मूर्तिमध्ये एक कैलाशनाथ महादेव प्रतिमाको चरणमा एउटा शान्त रिसोर्टको योजना गरिएको उनको भनाइ छ । रिसोर्टमा आठ लाख वर्गफिट क्षेत्रफलमा फैलिएको प्रिफङसन क्षेत्र र ११ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको स्विमिङ पुल छ । करिब ६०० पाहुना आरामले अटाने स्पेस भएको बताइएको छ ।

Global Ime bank

काठमाडौंबाट मात्र २० किलोमिटर र त्रिभुवन विमानस्थलबाट १८ किलोमिटरको दूरीमा अवस्थित फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पाबाट अन्य पर्यटकीय स्थलमा पनि सहजै पुग्न सकिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement