site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इलाम–२ मा रास्वपाका उमेदवार मिलनको जमानत जफत
फाइल तस्बिर ।

काठमाडौं । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ । रास्वपाका उमेदवार मिलन लिम्बूले जमानत जोगाउन नसकेका हुन् । उनले चौथो स्थानमा रहँदै पाँच हजार ५० मत ल्याए ।

निर्वाचनमा जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्छ । इलाम–२ मा ६८ हजार ४७२ मत सदर भएको थियो । ६९ हजार ३७४ मत खसेकोमा ९०२ मत बदर भएको जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ । 

इलाम–२ मा आफ्ना उमेदवारलाई जिताउन रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलगायत पार्टीका शीर्ष नेता इलाम पुगेका थिए । तर उनीहरूले दाबी गरेजस्तो परिणाम इलाम–२ मा देखिएन । 

इलाम–२ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उमेदवार डम्बर खड्कालाई पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

नेम्वाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।

तेस्रोमा पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । 

२०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष  सुवासचन्द्र नेम्वाङको निधन भएपछि यो क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन भएको हो । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro