site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इलाममा २७,८७५ मतगणना : यी हुन् १०० नकटाउने १३ उमेदवार, महिला चुनाव चिह्नको एक

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर–२ मा मतगणना जारी छ । हालसम्म २७ हजार ८७५ मतगणना गरिएको छ । त्यसमध्ये २७ हजार ६१४ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

२७ हजार ८७५ मतगणना गर्दा स्वतन्त्र उमेदवार (महिला चुनाव चिह्न) डाकप्रसाद गौतमले एक मत पाएका छन् । इलाम–२ मा १९ उमेदवारमध्ये उनी सबैभन्दा पुछारमा छन् ।

यस्तै, स्वतन्त्र उमेदवार धनराज रानामगर (उडिरहेको माहुरी चुनाव चिह्न)ले दुई मत पाएका छन् । अरू स्वतन्त्र उमेदवारहरू योगेन्द्र गुरुङ (कैँची चुनाव चिह्न) र मनोज निरौला (माछा चुनाव चिह्न)ले समान तीन/तीन मत पाएका छन् ।

नेपाल मजदुर किसान पार्टी (मादल चुनाव चिह्न)का तर्फबाट उमेदवार बनेका श्यामबहादुर दर्जीले १३, राप्रपा नेपाल (तीर चुनाव चिह्न)का गणेशबहादुर चौहानले १५ मत पाएका छन् ।

यसैगरी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल (षट्कोण चुनाव चिह्न)का जयवन्त विक्रम शाहले १८, स्वतन्त्र उमेदवार दिपेश बोहोरा (सुई चुनाव चिह्न)ले पनि १८ मत पाएका छन् ।

स्वतन्त्र उमेदवार राज वश्याल (जुँगासहितको अनुहार चुनाव चिह्न)ले २२, अर्का स्वतन्त्र उमेदवार अर्जुनबहादुर शाही (डोजर चुनाव चिह्न)ले २८ मत पाएका छन् ।

राप्रपाका तर्फबाट उमेदवार बनेकी (हलो चुनाव चिह्न)ले ५५, जनमत पार्टी (लाउड स्पीकर चुनाव चिह्न)का प्रेमकुमार थाम्सुहाङले ६६, नेपाली जनता दल (गोरुगाडाको चक्का चुनाव चिह्न)का रेशमबहादुर सुनारले ६६ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)का सुहाङ नेम्वाङ ११ हजार ७८ मतसहित शीर्ष स्थानमा छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार ३२४ मत पाएका छन् ।

उपनिर्वाचनमा इलाम–२ मा ६९ हजार ४२१ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ एक लाख १५ हजार ८८९ मतदाता छन् ।

उमदेवारले हालसम्म प्राप्त गरेको मत सूची हेर्नोस्–

wefdg-1714373137.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro