site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिटीको जितमा जिभार्डिओल र हाल्यान्डको गोल

काठमाडौं । लिग लिडर म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टविरुद्ध २–० को जित निकालेको छ । यो जितसँगै प्रिमियर लिग उपाधि होडको सबैभन्दा दाबेदार सिटीले शीर्ष स्थानको आर्सनलसँगको दूरी एक अंकमा घटाएको छ । 

आइतबार राति नटिङ्घम फरेस्टको मैदान सिटी रंगशालामा भएको खेलमा सिटीलाई जित दिलाउन जोस्को जिभार्डियोल र एर्लिङ हाल्यान्डले गोल गरे । 

खेलको ३२औँ मिनेटमा जोस्को ग्भार्डियोलले गोल गर्दै सिटीलाई अग्रतामा राखेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको सिटीले दोस्रो हाफमा थप एक गोल गर्‍यो । 

७१औँ मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए । 

जितसँगै उपाधि होडमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलबाट ७९ अंक जोडेको छ  । सिटी लिगको दोस्रो स्थानमा छ । सिटीभन्दा एक खेल बढी खेलेको आर्सनलको ८० अंक छ । नटिङ्घम फरेस्ट भने ३५ खेलबाट २६ अंकका साथ लिगको १७औँ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro