site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वेस्ट इन्डिज ‘ए’विरुद्ध कुशलले नेपाललाई दिलाए चौथो सफलता

काठमाडौं । वेस्ट इन्डिज ‘ए’सँगको दोस्रो ट्वान्टी–२० खेलमा नेपाललाई कुशल भुर्तेलले चौथो सफलता दिलाएका छन् ।आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुशलले टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजका केसी कार्टीलाई आउट गरेका हुन् ।

कुशलले १३.२ ओभरमा कार्टीलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराएका हुन् ।  जारी खेलको १४ ओभर समाप्त हुँदा वेस्ट इन्डिज ‘ए’ले चार विकेट गुमाएर ८३ रन बनाएको छ ।

नेपालले यसअघि रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो । आइतबारको खेलमा रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ ।

नेपाली टिममा आइतबार लोकेश बम, सोमपाल कामी, आरिफ सेख, सागर ढकाल  आकाश चन्दले प्लेइङ–११ मा मौका पाएका छन् । उनीहरू विवेक यादव, कमलसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी र अभिनाश बोहराको स्थानमा मौका पाएका हुन् ।

पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिजले घरेलु टिमसँग पाँच खेलको ट्वान्टी २० शृंखला खेल्ने तालिका छ । ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित यो शृंखलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । आइतबारको खेलपछि शृंखलाको तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल शनिबार हुने तालिका छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro