site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन : पूर्वराष्ट्रपति भण्डारी
फाइल तस्बिर

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको बताएकी छन् । 

बिहीबार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको स्वतन्त्रता मनमोहन अधिकारीजस्ता पहिलो पुस्ताका नेताहरूको उन्नतस्तरको चेतना, त्याग र अठोटबाट प्राप्त भएको बताएकी हुन् । 

“आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन । मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरूको उन्नत स्तरको चेतना, त्याग र अठोटले नै आज हामीले खुला वातावरण पाएका छाँै । स्वतन्त्रता पाएका छाैँ,” उनले भनिन् ।

मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नैपर्ने खुला किताब रहेको बताउँदै उनले मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाउँ, ज्येष्ठ नागरिकका लागि वृद्धभत्ताजस्ता लोकप्रिय कार्यक्रममार्फत् कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्छ भन्ने दृष्टान्त प्रस्तुत गर्न सफल भएको बताइन् । 

मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट सुरू गरेको वृद्धभत्ता दक्षिण एसियामै सामाजिक सुरक्षाको नमुना कार्यक्रमको रूपमा रहेको जिकिर गरिन् । 

“मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाउँ, ज्येष्ठ नागरिकका लागि वृद्धभत्ताजस्ता लोकप्रिय कार्यक्रमहरुमार्फत कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्दछ भन्ने दृष्टान्त प्रस्तुत गर्न सफल हुनुभयो,” उनले भनिन्, “मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट शुरु गरेको वृद्धभत्ता दक्षिण एसियामै सामाजिक सुरक्षाको एउटा नमुना कार्यक्रमको रूपमा रहेको छ ।” न्युज एजेन्सी नेपाल
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro