site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुहाङलाई ओलीले भने– अब संसद् भवनमै भेटौँला

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट इलाम–२ का उमेदवार सुहाङ नेम्वाङलाई अब संसद् भवनमै भेट्ने बताएका छन् ।

बुधबार राति सामाजिक सञ्जालबाट सुहाङसँग आज इलामको चुलाचुलीमा आयोजित कार्यक्रममा खिचिएको तस्बिर सार्वजनिक गर्दै ओलीले उनी विद्वान रहेको पनि बताएका छन् ।

Dabur Nepal
NIC Asia

"चुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि मैले सभामा भनेँ पनि– सुहाङ पण्डितजस्तै विद्वान हुनुहुन्छ । यो प्रसंगमा केही हाँसो ठट्टा पनि चल्यो । आज चुनाव प्रचारको अन्तिम दिन, भोलिदेखि मौन अवधि सुरु हुन्छ । सुहाङ, अब संसद् भवनमै भेटौँला," उनले भनेका छन् ।

ओली चुनावी सभालाई सम्बोधन गर्न इलाम पुगेका थिए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २१:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro