site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल–कतार प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय बैठक : आठ समझदारीपत्रमा हस्ताक्षर 

काठमाडौं । नेपाल र कतारबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठक सम्पन्न भएपछि नेपाल र कतारबीच आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारको नेतृत्व कतारका अमिर शेख तमिम विन हमाद अल थानीले गरेका थिए । “बैठकपछि नेपाल र कतारबीच सरकारी तहमा ६ र निजी क्षेत्रबीच दुई गरी कुल आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ,” परराष्ट्र मन्त्रालयको प्रवक्ता अमृत राईले बाह्रखरीसँग भने । 

परराष्ट्र प्रवक्ता राईका अनुसार बुधबार नेपाल र कतारबीच कला तथा साँस्कृतिक, शिक्षा, युवा तथा खेलकुद, दुई देशका महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रिय समाचार समिति र कतारी न्युज एजेन्सीबीच सहकार्य, पराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र कतारको यस्तै प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएका छन् । 

यस्तै, नेपालको उद्योग वाणिज्य महासंघ र कतारको उद्योग वाणिज्य महासंघबीच दुई वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सबै समझदारीपत्रको उदेश्य सहकार्य र सहयोग आदानप्रदान गर्ने रहेको छ । 

काठमाडौंको होटेल सोल्टीमा प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीको उपस्थितिमा सम्बन्धित अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro